दफा ८८ट
फरफारख सम्बन्धी कारबाही प्रारम्भ हुनुभन्दा पहिलेका कारबाही निष्क्रिय हुने
(१) विशेष प्रशाषन समूहले देहायको अवस्थामा वाणिज्य बैंकवा वित्तीय संस्थाको सम्पत्तीमा प्रभाव पार्ने कारोबार वा तेस्रो पक्षसँग सम्बन्धीत हस्तान्तरणलाई निष्क्रिय गर्न सक्नेछः–
(क) फरफारखको प्रक्रिया शुरु हुनु अगावै सम्बन्धीत वाणिज्य बैंकवा वित्तीय संस्थाका निक्षेपकर्ता वा साहुको हित विपरीत हुने गरी गरेका कारोवार वा सम्झौताहरु,
(ख) फरफारखको प्रक्रिया शुरु भएको मितिले पाँच वर्ष अगाडिसम्म कुनै शेयरधनी, सञचालक, पदाधीकारी वा तिनका नातेदारहरुलाई वाणिज्य बैंकवा वित्तीय संस्थाले बिना मूल्य गरेका कुनै पनि हस्तान्तरणहरु,
(ग) फरफारखको प्रक्रिया शुरु भएको मितिले तीन वर्ष अगाडिसम्म कुनै तस्रो पक्षलाई वाणिज्य बैंकवा वित्तीय संस्थाले बिना मूल्य गरेका कुनै पनि हस्तान्तरणहरु,
(घ) फरफारखको प्रक्रिया शुरु भएको मितिले तीन वर्ष अगाडिसम्म वाणिज्य बैंकवा वित्तीय संस्थाले तुलनात्मक रुपमा कम प्रतिफल प्राप्त गर्र्ने वा अर्को पक्षलाई बढी प्रतिफल दिने किसिमले सम्पन्न गरेका कारोवारहरु,
(ङ) फरफारखको प्रक्रिया शुरु भएको मितिले पाँच वर्ष अगाडिसम्म वाणिज्य बैंकवा वित्तीय संस्थाका निक्षेपकर्ताको हित विपरीत हुने वा अधिकार हनन् हुने गरी गरिएको कुनै कार्य,
(च) फरफारखको प्रक्रिया शुरु भएको मितिले छ महिना अगाडिसम्म सम्बन्धित वाणिज्य बैंकवा वित्तीय संस्थाले भुक्तानी गर्नु पर्ने कर्जा बापत कुनै व्यक्तिलाई फाईदा पु¥याउने उद्देश्यले वा खारेजीको प्रक्रियामा साहुले प्राप्त गर्ने रकम बढाउने उद्देश्यले निजको नाममा भएको सम्पत्ती हस्तान्तरण ।
तर प्रति निक्षेप बिमा र सुरक्षणले खामेसम्मको रकम ननाघ्ने गरी गरिएको निक्षेप बापतको भुक्तनीका सम्बन्धमा यो खण्डको व्यवस्था आकर्षित हुने छैन ।
(२) विशेष प्रशाषन समूहले फरफारखको प्रक्रिया शुरु भएको मितिलले एक वर्ष अगाडिसम्म वाणिज्य बैंकवा वित्तीय संस्थाको सञ्चालक , पदाधिकारी वा निजका नजिकको नातेदारसँग संंस्थाको निक्षेपकर्ता तथा साहुको हित विपरीत हुने गरी गरिएका कारोबार बदर गर्न वा तिनीहरुबाट सो बापतको रकम असूल गर्न सक्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएको तापनि सम्बन्धित वाणिज्य बैंकवा वित्तीय संस्थाले आफ्नो सामान्य कारोवारको सिलसिलामा गरेका वा उचित र पर्याप्त मूल्य आदान प्रदान भएका वा त्यस्तो संस्था फरफारखमा जानु अगाडिसम्म भुक्तानी नभएका कारोवारलाई विशेष प्रशाषन समूहले बदर गर्ने छैन ।
(४) उपदफा (१) र (२) बमोजीम बदर गरिएका कारोवार वा हस्तान्तरणबाट सम्पत्ती प्राप्त गर्ने व्यक्तिले त्यस्तो सम्पत्ती अविलम्व फिर्ता गर्नु पर्नेछ । सम्पत्ती प्राप्त गर्ने व्यक्तिसँग त्यस्तो सम्पत्ती नरहेको अवस्थामा सो सम्पत्तीको मूल्य बराबरको रकम सम्बन्धित वाणिज्य बैंकवा वित्तीय संस्थामा जम्मा गर्नु पर्नेछ । कुनै गलत मनसायले त्यस्तो कारोवार गर्ने तथा कारोवार बदर भएपछी सम्पत्ती वा सो बराबरको मूल्य सम्बन्धित वाणिज्य बैंकवा वित्तीय संस्थामा अविलम्व फिर्ता नगर्ने व्यक्तिको हकमा निज उपर सुरक्षित साहु सरह दाबी कायम रहनेछ ।
(५) विशेष प्रशाषन समूहले फरफारखको प्रक्रिया सञ्चालन गर्दा कुनै पनि किसिमको चल अचल सम्पत्ती वा हक हस्तान्तरण गर्न सम्बन्धित निकायलाई लेखि पठाउन सक्नेछ । यसरी विशेष प्रशाषन समूहले लेखि पठाएकोमा सम्बन्धित निकायले त्यस्तो चल अचल सम्पत्ती वा हक सम्बन्धित वाणिज्य बैंकवा वित्तीय संस्थाको नाममा दाखिला खारेज वा हस्तान्तरण गरिदिनु पर्नेछ ।
(६) विशेष प्रशासन समूहले फरफारखको प्रक्रिया सञ्चालन गर्दा कुनै पनि किसिमको चल अचल सम्पत्ति वा हक हस्तान्तरण गर्न सम्बन्धित निकायलाई लेखी पठाउन सक्नेछ । यसरी विशेष प्रशासन समूहले लेखी पठाएकोमा सम्बन्धित निकायले त्यस्तो चल अचल सम्पत्ति वा हक सम्बन्धित वाणिज्य बैंङ्क वा वित्तीय संस्थाको नाममा दाखिल खारेज वा हस्तान्तरण गरिदिनु पर्नेछ ।
(७) कुनै वाणिज्य बैंकवा वित्तीय संस्थामा फरफारखको लागी विशेष प्रशाषन समूह गठन भई प्रक्रियामा रहेको अवस्थामा कसैले सो अगावै प्रदान गरेका विधुत, पानी टेलिफोन, घरजग्गा, सवारी साधन जस्ता अन्य वस्तु तथा सेवा बापतको रकम प्राप्त नगरेको कारणले मात्र त्यस्तो वस्तु तथा सेवा बन्द गर्न गराउन हँदैन । त्यसरी प्राप्त वस्नु तथा सेवाको भुक्तानीको हकमा विशेष प्रशाषन समूहले फरफारखको प्रक्रियामा जानु अघि कायम रहेको वक्यौता रकम सम्बन्धित सेवा प्रदायकलार्य भुक्तानी गर्ने पर्नेछ ।